Jump to content
dolakha2020

अझै आऊ है सु&#23

Recommended Posts

क- कसरी कराऊं कसले, कसको क्रोदन केलाउछ,

ख- खुशीको खजाना खास, खालि खलीले खेलाउँछ/

ग- गिदीमा गडेका गर्व, गंधमय गराइसके,

घ- घातले घटेका घाउमा, घुन घस्रेर घुमाइसके/

च- चोखो चंचल चालमा, चंखे चील चल्नलागे,

छ- छाक छेक्न छैनतापनि, छाला छेड़ी छल्नलागे/

ज- जीनतीन जीएको ज्यानलाइ, जन्जीर जस्तै जलाइसके,

झ- झडप झमेला झन्झट झोस्तै, झुठ्याईमा नै झुलाईसके/

ट- टापटिपे टाठा यी टट्टूले, टुप्पी सम्मै टपकाइसके,

ठ- ठेस ठक्करलाइ ठट्टा ठान्दै, ठग्नु सम्म ठगीसके/

ड- ड़वा ड़वा डकार्दै डुंगडुंगती, डाम्रोपारी डसीसके,

ढ- ढर्रावाल ढाट यी ढोगीले, ढेप्नु सम्म ढेपीसके/

त- तड्पाउने र तान्ने तन्त्रैमा , तल्लिन भई तर्साईसके,

थ- थिल्थिल्याउदै थुम्थुम्याउदै थुत्दै, थलापारी थकाइसके/

द- देवत्वको दुहाई दिदैं , दानवी दम्भ देखाउछन,

ध- धोका दिदै धम्क्याउदै धुत्दै, उल्टै धक्कुपो लगाउछन/

न- निडरताको निशानालाइ, निस्तेज पारी नुहाईसके,

प- प्रेम पुर्वक पाएको प्रतिष्ठानै, परमधाम पुर्याइसके/

फ- फोस्रो फणा फर्लाक्क फिजाउँदै, फन्दामा नै फसाईसके,

ब- बटुल्दै बेइमानी बदमासी , बफादारिता बिकाइसके/

भ- भरोषा त भत्कने भइगो, भविष्य पो भताभुङ्ग भो,

म- महानता त मेटीने नै भो, मानवता पो मरेतुल्य भो/

य- यतिन्जेल यात्रा भो आशमा, याचनार्थ युगधर्मको,

र- रापिदैछौं अझै राकसी रागमा, रक्षार्थ रक्तिम रक्तको/

ल- लिसो झैं लिप्साले लिप्त भै, लोकहितको लक्ष लेश भो,

स- सुख सत्तामा सजिने शोखमा, सेवा साधना श्री सति गयो/

ह- हपार्दै र हडप्दै हिड्दै, हाकाहाकी हसुर्दछन,

क्ष- क्षमा योग्य त छदैछैनन्, क्षण क्षणमै क्षोभनिय छन/

त्र- त्राही त्राही तिम्रो त्रासादी, त्रुटीपूर्ण छ त्रियुगमा,

ज्ञ-ज्ञानरुपी चक्षु खोलेर, अझै आऊ है सुकर्ममा!!!

Share this post


Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.