Jump to content
Sign in to follow this  
Mohan Bikram Thapa

सलाम- श्रृग&#236

Recommended Posts

सलाम- श्रृगाँ, सलाम- हेमे बेसारे र समशेर बिष्टहरु नागबेली बाटो हुँदै बुटौलीबाट हामीहरुको यात्रा अगाडि बढयो पाल्पातिर । । पाल्पा आफैमा पुरानो पस्चिमेली शासकिय अडड्ा र शिक्षित क्षेत्र । राणाहरुले आफनै प्रतिस्प्रधीहरुलाई लखेटनुपर्यो भने पस्चिम कमाण्डिङ्ग अफिसर बनाएर पाल्पा खेदथे । बैरागिएका छोटे राणाहरुमा यात उदार शासक आर्दसबादी सुधारबादी अथबा अर्का प्रताप मल्ल वा साहा जहाँ बन्ने होड चल्थ्यो । उनिहरु भ्ाने औकात अनुसारका रानी पोखरी र ताज महल बनाउथे । पाल्पा रिढी र ओरपर यस्ता अनेकौ बतासे किब्बदन्तीहरु छरिएका पाईन्छन । शासकहरुको अन्तर बिरोधले परिर्वतनकारीहरुका अभियानलाई साहायकपनि बन्थ्यो । ०७ सालमा यस्तै भयो पनि ।

 

शिक्षामा हरिहर पाठशाला चेतनामा भैरब पुस्तकालय आधुनिक शिक्षामा पाल्पा कलेज र अस्पतालमा पाल्पा मिसनको त्यतिकै योगदान छ यहाँ । बिबिध उदेष्यले भए गरेका ति कामले कालान्तरमा पस्चिमको आफनै बिसिष्ट पहिचान बनायो । पाल्प्ााको घरेलु उद्योगको बयाननै के गर्नु र पाल्पानै आखिर पस्चिम चेतनाको अगुवाई गर्ने आधार कसरी बन्यो वर्ग सर्घषको भट्ीबन्ने ऐतिहासिक आधार के थियो होला काग्रेसीहरुको प्रचण्ड बिजय अभियानमा पनि त्यस आधीँ बेहेरीलाई परास्त गरेका बामपन्थी र त्यस चेतनाका प्रतिनिधी कमल राज रेग्मीसङ्ग दागंमा युगबेाध दैनिकको स्वर्ण जयन्ती कार्यक्रममा भेटिँदा मैले जिज्ञाशा राखेको थिँए - पहिलो नेपाली माओबादी कामी बुढा र हेमेबेसारेबारेमा । अनेकौ जिज्ञाशाको उत्तर भेटिए ।

 

पुरानो बजार घुमेर म अहिले श्रिनगर डाडाँमा छु । सिरसिरे हावाले गर्मीको महिनामापनि थुरथुर कमाएको छ । यहाँबाट एउटा आखाँले गर्बिला हिमाल र पाहाड देखिन सक्छ भने अर्काले लमतन्न परेको फाँटहरुलाई । नगरकोट र धुलिखेलका पर्यटन क्षेत्र यस्का तुलनामा फिका लाग्छन । नाम फेरिनेक्रम जतासुकै छ । उहिलेको बतासे डाडोँ अहिले श्रिनगर बनेको छ ।

Share this post


Link to post
Share on other sites

राजनीतिक सर्घषकासाथै सशस्त्र बिद्रोहको ऐतिहासिक निरन्तरता पस्चिमको परिचय हो । नयाँ मुलक भनिने बाकेँ बर्दिया कैलाली कचंनपुर र दाग्ंामा लोकाभार आन्दोलनले गदरको बिरासत पायो । पस्चिमेली बिद्रोहमा सशस्त्र सर्घषको भूमिका लोकाभारको हकवाला बन्यॊ । त्यसलाई निरन्तरता दियो- भिमदत्त पन्तको बिद्रोहले । सपना शासकले मार्न सक्दैनन परिबर्तनको महायात्रा कसैले रोक्न सक्ब्दैनन भन्ने श्रृखंलानै गुल्मी श्रङ्गा किसान बिद्रोहको ऐतिहासिक निरन्तरता हो । त्यही बखत चलेको कामीको बिद्रोह । त्यसैको प्रभाब र परिणाम पाल्पा गुल्मी र अर्घाखाचीँको बामपन्थी आन्दोलनको र्पष्टभूमि हो । अहिले म आतुर छु त्यहाँ पुग्न ।

 

एकसरो घुम्टयालो बाटेा । यस्ता बाटोमा ड्राईभरहरुले दोश्रोचोटी गल्ती गर्ने अैसरनै पाँउदैनन भन्दै बिस्तारै जाँउ अबस्यै पुगिन्छ भनेर म बिष्टजीलाई अनुरोध गर्छु । कहाँ के छ भनेर आपुू जानकार भएको उनि बताउछन । बाजा बजाएर बिज्ञापन दिएर दुर्घटना आउँदैन भनेपछि बिस्तारै गाडी हाक्छन । सुनेको पढेको र गएको ठाँउ पनि आज अलग्गै सबेंदना सजाउने मेरो यो यात्रा बनेको छ । मेरो कौतुहुलता बुझेका बिष्टजी अजगंका पर्बतहरुलाई छिचोल्दै बग्ने रिढी गण्डकी रजैटा सेन र राणाहरुका दरबार र पहिचान देखाउन चाहान्छन । धार्मिक सगंम रिढीको जानेजतिको बेलिबिस्तार लाँउछन । पापपुण्यको बखान गर्छन । तर म त्यति धर्मप्रति उत्साहित नभएको र ऐतिहासिक महत्वमा मात्र धयान दिएकोमा आस्चर्य मान्छन । सालिग्राम हेर्न र खोज्न भने म चुक्दीन । तर पाँईदैन । मन र कर्मले धार्मिक नभएकोले नपाएको उनको ठम्याई छ । त्यहाँको सराय खेल हेर्न पाईएन । माघे सग्रान्तीमा कटिसकेको छ । पारम्पारिक युद्धकौसल बचाउन खेलको रुपमा सुरक्षित रहेको यो कला पस्चिममा ढाल तरबारको खेलमा अझै छ । म जाजरकोटको धिमे दमदालालाई सम्झन्छु । कसरी बहादुर शाहका परिष्कृत सेनालाई जाजरकोटेहरुले सोही यूद्धकलाले गर्खाकोट पराजय गरे ।

 

 

यस भन्दा पहिलापनि पाल्पा स्यााजा र गुल्मीको यात्रा नगरेको भने हैन । त्यसैबेला यि बिषय बस्तुहरु पात्र र प्रबृतिहरु कथा ब्यथाहरु त्यहाँ नभएका पनि हैनन । आफनो भूमिकासङ्गै मानिसले असरल्ल परेका बिषयहरुको गाम्र्भियता महत्व र ओजन बुझदो र स्वीकार्दाे रहेछ । आखाँमा दृष्टिकोण भरिएपछि गर्भैेमा पुरिएका महत्वपूर्ण सामाग्री सतहमा देखिँदा रहेछन । छटपटाईरहेका बिषयहरुले आफनो परिचय पूनरस्थापनाको लागी उजुरीगदार्ँ उत्खनन गरेपछि ति बिषयले बाणी पाउँदो रहेछ । यस पटकको गुल्मी यात्रा पनि मेरोलागी त्यस्तै- त्यस्तै भयो ।

 

हामी रिढीबाट माथी लाग्दछौ । बले टक्सार । कुने दिनमा बल बहादुर बलराम वा बल प्रसाद नामक ब्यक्तिले यहाँ टक्सार काटेको ठाँउ हुनुपर्छ । ब्यक्तिगत सम्पती बढाउन हो की ! राज्यलाई हाकाहकी चूनोैति दिन उस्ले यो काम गर्यो थाहा छैन । तर यो ठाँउ श्रृङ्गा किसान बिद्रोह बिष्फोट भएको थलो भने पक्कै हो । यस्बारे अझ दिबगत क। सिद्धिनाथ ज्ञावालीको अप्रकासित पाण्डुलिपीमा छ भन्ने सुनेको छु । मेरा आदरनिय मित्र लेखनाथ ज्ञावालीसगं श्रृगां बिद्रोहबारे कुरा हुदाँ त्यसैबारे अध्ययन गर्न आफु त्यहाँ सिक्षक भएर गएको तर सो पाण्डुलिपी शासकहरुसगं बचाउन भने नसकेर पछुताएको भन्नु हुन्थ्यो । अहिले बिस्मृतिको गर्भमा रहेको श्रृगां बिद्रोहका गाथाहरु रेग्मी मधुगुरु लेखनाथ ज्ञावाली र अरुबाट सुनेको आधारमा पहिल्याउने र खुटयान अथबा उत्खनन गर्ने प्रयास हो । यो भाबी बर्ग सर्घष र जनयुद्धको कसरी पे्ररक बन्यो भन्ने पनि हो । अझ मेरो प्रयास थुनि ताईबाङ्ग रोल्पाबाट सामन्तबिरोधी पहिलो माआबादी बिद्रोह थालनी गर्ने कामी बुढाको अभियान र हेम बहादुर कडेल र बेसारे सामन्तहरुले हेम बहादुर नगरकोटी कणेललाई हेमे र अर्काे बिद्रोहीलाई बेसारे भन्थे । यो बिद्रोह हेमे- बेसारे काण्ड भनेर चर्चित भयो को बिद्रोहको समयअबधी एउटै रहनुको तादम्यताको पनि अद्ययन गर्नुहो ।

Share this post


Link to post
Share on other sites

श्रृङ्गा गाँउ । साहु खलकको बस्ती । जब दुई धनी सामन्त हुन्छन तब यात एउटाले अर्काको अधिन स्वीकार गर्नु पर्छ यात अर्काको अस्तित्व नास गर्न खेलमा होमिनु पर्छ । सम्पती र शक्तिको होड र भोकले मानिसलाई अपराधतर्फ डोर्याउनु बिष्व इतिहासकै निरन्तरता हो । सामन्त हरु टुटन सक्छन नासिन सक्छन तर परिवर्तनकारी शक्ति सगं झुक्न भने चाँहादैनन । स्तर अनुसार सबैतिर यो हुनु स्वभाबिकै हो । त्यस्तै थरी जिम्वाली कस्ले पाउँने छिन्ने हडप्ने केन्द्रिय शासकहरुलाई रिझाएर खोले-टोले शासकबन्ने होड श्रृगां गाँउमा पनि चल्यो । कणेल परिबार कौरब र पाण्डब झै दई कित्तामा बाढिए । श्रृगां हस्तीनापुर बन्यो । हेम बहादुर कणेल र बेसारे उनिहरुबाट लुटिनेमा पर्दथे । अति खति हुन्छ भने झै जब आवाज नभएका मान्छेहरु जाग्न थाल्छन तब बिद्रोह सालिन हुदैन । आफैले जन्माएको बिद्रोहको आधारले त्यसैलाई पहिलो डस्छ । श्रृगांमा बिद्रोह बिस्फोट भयो । त्यस्का लप्काले त्यो क्षेत्रै भूमरीमा पर्यो । म अहिले बसेको ठाँउ हेमे-बेसारेको पहिलो कारबाहीमा २०११साल कार्तिक महिना जात्राबाट सूरक्षा दस्तासगैं फर्किदै गरेका स्थानिय जिम्वाल मारिएको ठाँउ हो । यो बिद्रोह सामान्य रहेन । दबाउन सेनाको आन्तरिक टूकडीनै श्री प्रसाद बुढाथोकीको कमाण्डमा झण्डै १बर्ष जति सन्चालन गर्नुपर्यो ।

 

ब्ाले टक्सारबाट हामी पस्चिमतर्फ लाग्योै । अर्थात मुख्य थलो श्रृगाँतिर । मलिला चटक्क मिलेका बाह्रीका पाटा । अझैपनि तुजुक झल्काउने साहु खलकका बस्ती र उनिहरुलाई चुनौति दिन ललकारेझै लाग्ने वरपरकमा बस्ती । कतैन कतै हेमे-बेसारेको स्वर गुन्जन झैलाग्छ त्यो माटोमा । सानु चिया पसल । बुढा र जानकारजस्ता लाग्ने मान्छेहरुसगं हेमे- बेसारेबारे चर्चा चल्छ । साहुजी र अरुहरु आस्र्चय मान्छन । बिद्रोहीहरु चिहानबाट आएझै हुन्छ ।

 

किसान बिद्रोहले छापामार रुपलिन्छ । बेासारेको अर्धाखाचीँमा मित भनाउदोबाट हत्या हुन्छ । भिमदत्त पन्तलाई उस्कै मित लाल बहादुर थापाले मारेझै । सामन्तहरु आफनो लडाई आफु लडन सक्दैनन अरुको माद्यम अथबा भाडाका हत्यारा मार्फत । हत्यारकोपनि पेाल खुल्ला भनेर जेलमै प्रतिहत्या हुन्छ केनेडीकै हत्यारा मारे जस्तै । हेम बहादुर त्यहाँबाट भारत सिलगढी लाग्छन । झण्डै एक बर्षलगाएर श्रृगां बिदोह दमन हुन्छ । बिद्रोह इतिश्री अर्काे अकंमा हाम्रो यात्रा अगाडि बढछ तमघास तर्फ । स्थानिय रुरु यफयममा गुल्मी घन्किरहेको छ । म नेपली स्र्पाटाकस शमसेर बहादुर बिष्टको सहादत थलो अर्थात टाउको गिडेर झण्डयाएको थलोमा पुग्न आतुर छु ।

 

पंचायत बिरुद्ध सशस्त्र आन्दोलन गरेबापत उन्कोपनि भिमदत्त पन्तलाईझै टाउको गिँडेर आगामी बिद्रोहीको मनोबल टुटाउने शासकिय खेलको बिभत्स अभयास थलोमा । म अहिले तमघासको पावन थलोमा छुजहाँ बिष्टको टाउको ४८ बर्ष पहिला पचांयती शासकहरुले झुण्डयाएका थिए । मलाई जहिलेपनि डडेलधुराको टुडिखेल होस या यो तम्घास रोमनहरुले आफनो शासन बचाउन ग्लेडियटरहरुलाई झुण्डयाएको कपुबाको झझल्को दिन्छ । म फर्किन्छु मेरो तिर्थ स्थल गुल्मीको श्रृगां र तमघासबाट । सलाम स्पार्टाकस सलाम भिम दत्त र सलाम समशेर बहादुर बिष्ट । र सलाम हेमे-बेसारे कमरेड भन्दै ।

 

………………………………………………………………………।

हरेक घटनाले भाबि दिनको उर्जा र प्रेरणालागी आधार तय गरिराखेका हुन्छ । त्यस प्रकि्रयाबाट गुजि्रने पात्रहरु समयका साक्षी भएरपनि नत त्यस्कॊ हेक्कै राखेका हुन्छन नत परिणामको हिसाब- किताब गर्दे भूमिका निभाएका हुन्छन । उनिहरु व्ार्गसोच अनुसार समय गुज्रेपछीमात्र इतिहासको गतिशील समिक्षा गरिदार्ँ ऊनिहरुकॊ हैसियत किटान गरिँदै नायक वा खल नायकको कित्तावन्दीमा पारिन्छ । अहिले म एउटा जनश्रुतिमै सिमित रहेको क्रान्तिकारी तिर्थस्थल अथवा बिस्मृतिको गर्भैमा पुरिएको नायकबस्ती अथवा श्रृङ्गाबाट तम्घास आईपुगेको छु । श्रृगाँ तँ भाबी बिद्रोहको आधारक्षेत्र र तमघास महान सहिद समशेर बिष्टको सहादतको पबित्र भ”मि । म तलाँई नमन गछ’्र । बिदा ह’न्छ’ ।

 

By Narendra Jung Pitar

Edited by Mohan Bikram Thapa

Share this post


Link to post
Share on other sites

Join the conversation

You can post now and register later. If you have an account, sign in now to post with your account.

Guest
Reply to this topic...

×   Pasted as rich text.   Paste as plain text instead

  Only 75 emoji are allowed.

×   Your link has been automatically embedded.   Display as a link instead

×   Your previous content has been restored.   Clear editor

×   You cannot paste images directly. Upload or insert images from URL.

Loading...
Sign in to follow this  

×
×
  • Create New...

Important Information

By using this site, you agree to our Terms of Use.