Jump to content


Photo

Ghazals (rhythm of love and passion)


  • Please log in to reply
119 replies to this topic

#111 chamatkaribaba

chamatkaribaba

    ICC Member

  • ICC
  • PipPipPipPip
  • 859 posts

Posted 29 July 2007 - 09:52 AM

This is a Gazal I found in my Old archive Pages and Book marks of kantipur. There is a little political flavour and I hope everyone likes it. I liked it. You can visit it:
http://www.kantipuro...s.php?nid=78849

For them, who have writtien their Gazal in Roman English, Please use Roman Nepali UniCode and write in Nepali Language. Let's work in this aspect because sometimes, it is very difficult to read Poems in Roman English.
Especially, Yadav Prasad bhattarai Ji, You seem to be writing a lot of Gazal in Roman English. May be You start changing them in Nepali language. I am trying to revive this Gazal link by posting sime Gazals, including mine. Keep on browsing!!!!!


गजल

नाम बदलियो भन्छन्, संस्कार उही

मान्छे फेरिएछन्, तर विचार उही ।

ढाई सय वर्षसम्म अर्जापेको हतियार

मात्रै बुढिएछ धार तरवार उही ।

आफ्नै गाँस कटाई कती पाल्ने हात्ती

ढल्या न हो शाहीसत्ता तर भार उही ।



पर्दा कालो हटाउन ल्याएकै हो आँधी

फेरि पनि भेदभाव छेकबार उही ।



बाँधौं अब उन्मत्त छाडिएका साँढेहरू

ज्युँका त्युँ शान रवाफ व्यवहार उही ।

- मोहन पाण्डेय

वीरघा, स्याङजा
Theft!
Theft!
And Theft!
No one is safe anywhere,
Thieves are rampant everywhere
Light is stolen,
Dreams are stolen,
Faith is stolen,
Mud is stolen,
Love is stolen,
Life and death are stolen
Alas! What can you expect from others,
When God himself is a thief?
In "Indra Jatra" by Dinesh Adhikary, Sajha Prakashan, 2051 B.S

#112 rabindra_flame

rabindra_flame

    Newbie

  • Members
  • Pip
  • 3 posts

Posted 08 August 2007 - 08:33 PM

नयाँ शहर मा पुरानो याद आएछ भने सम्झनु
बिरही भाका न्याउलिले बनमा गाएछ भने सम्झनु।

मनको माया सस्तो लाग्यो, धनको छाप् परेपछि,
धनै धन्ले पनि त्यो मन्, अघाएछ भने सम्झनु।

मुटुका दुई पाटामा एक् अर्काको छ तस्बिर् भन्थ्यौ,
कुनै पाटो मुटुको कहिल्यै चर्हाएछ भने सम्झनु।


हाँसो के हो, खुशि के हो, मेरै साथले सिंके भन्थ्यौ,
हाँस्दा हाँस्दै अनायासै अँखा रसाएछ भने सम्झनु।

गोधुलि साँझको बर्सात् ले हो मन्मा माया भिजाएको,
बलेसिमा चुहिने थोपामा मन , रमाएछ भने सम्झनु।

प्रेमि हरुको दोश्रो जुनी, चराको हुन्छ भन्छन्,
तिम्रो महल्को झ्याल्मा चरिले, धाएछ भने सम्झनु ।

dear friends.. this is my gazal dedicated to all the nepalese students in the world...... who have come to a new town with hell lots of memories about their old towns!!!!
keep rocking !!!!!!

#113 rabindra_flame

rabindra_flame

    Newbie

  • Members
  • Pip
  • 3 posts

Posted 09 August 2007 - 04:49 AM

QUOTE(surendras @ Jul 15 2004, 01:30 PM) <{POST_SNAPBACK}>
Nasamjhanu ab malai hridayama prit chhaina
timro lagi lekhnu parne banki kunai geet chhain!

nabol bho saphaima timilai ma chineko chhu
sangai marne sangai bachne duniyako rit chhaina!

timi hansi khushi banch ma aansuma dube pani
yudda hamro chalne nai chhha tara haar jit chaain!

dekhe maile chokho maya bhogisake chotharu
jhutho maya lagayer kasaiko ni hit chhain!!

Jadou!


hi friend, here is your reply,, plz do continue writing gazals....

ग्रहणमा देखिन्छ दुनियाँ आधा, अर्को पाटो हेर्न छ बाँकी,
पिरतिमा, दुई प्राणको श्वास, एकै ज्यानले , फेर्न छ बाँकी।

लगाब बिनाको छ माया, चङ्गासरी उदेको छ मन,
नजर्का, काबुमा परेर मिर्दुलाका, आज्ञा थुप्रै, टेर्न छ बाँकी,

रचिए होलान, काव्य - कुन्ज थुप्रै, मुना र टुसाहरुमा अल्झेर,
यौवना फुलको,रसमा झुमेर साथी, गजल थुप्रै केर्न छ बाँकी।

मन बिनाको तनिक प्रेममा , स्पर्शको लहर के बुझ्यौ र ?
देहाभाष, हुने गरी प्रियाले, अङालोमा, बेर्न छ बाँकी।

बन्द गर्छिन, द्वार जब मिर्दुलाले, सहन नसकी वियोग,
सकसमा परेको, देह त्याग्न अँफैलाई, सेर्न छ बाँकी।


and everyone are welcome for comments and replies buddies.. have fun !!!

Attached Files

  • Attached File  me.jpg   380.85KB   31 downloads


#114 kslsanjeeb9

kslsanjeeb9

    Honourable Member

  • National Committee
  • PipPipPipPip
  • 678 posts

Posted 15 August 2007 - 07:19 AM



yo poem department ta gazzab raicha , pahila heraikai thiyena

congratulation to all members from poem section

Management is Art & Science of Getting Law as Results , this process results in Sanjibalisation .

#115 SUMAN-SAJAN

SUMAN-SAJAN

    Newbie

  • Members
  • Pip
  • 25 posts

Posted 31 January 2008 - 11:34 AM

गजल

धेरै भयो हत्त्या-हिसा , फेरी तिमी जिएर आउ
शान्ति-दुत बुद्ध तिमी , शान्ति सन्देश लिएर आउ

बिभजित छन मन हरु , छैन आस्था विश्वाश हेर
प्रेम अनी आस्था जगाई , सब को मन सिएर आउ

संसार मा छैनउ तिमी , छैन हेर शान्ति पनि
सदा-सदा शान्ति छर्न , अमृत तिमी पिएर आउ

भड्किएका मन हरु , जोड्ने एउटा डोरी बनी
संसारमा शान्ति छर्न , फेरी तिमी जिएर आउ

सुमन प्रसाद अधिकारी













गजल


कोरु भन्दा , तिम्रो तस्बिर हात तेसै थाक्छ किन?
बिर्सियो कि तिमीले प्रिया , मन तेसै पाक्छ किन?


बिपनिमा तिम्रो मुहार नदेखेको धेरै भयो
सपनिमा आउँदा पनि ,टाढा-टाढा भागछ किन ?


तिम्रो मेरो प्रेम यात्रा म्रिग-त्रिस्ना जस्तो छ कि ?
धेरै पिये बिछोड को आसु , अझै तिर्खा लाग्छ किन?


गोरेटो मा साथ् हिंड्ने अरु पाइला भेटे पनि
मन ले भने तिम्रै पाइला सदा-सदा माग्छ किन ?


जती टाढा , माया गाडा , तिम्लाई के लाग्छ कुन्नी?
नदेखे नि युगौ-युग , अमर माया जाग्छ किन?



सुमन प्रसाद अधिकारी











गजल

तिम्रो , यादका थुङाहरु माला बनाइ गास्न गाह्रो
बरु मृत्यु स्विकार्य छ , तिमीबिना बाँच्न गाह्रो

तिमी हुँदा साथ मेरो , पिडा सबै भागीदिन्छन्
तिमी छैनौ मसँग त , सुख पनि साच्न गाह्रो

आसु पछी हासो भन्छन ,जिन्दगीलाई बुझ्नेहरु
तर आसु मात्र झर्छ मेरो, किन भयो हास्न गाह्रो

मेरो प्रतेक सास् ले प्रिय , तिम्रो खुशी माग्छ यहाँ
यति गहिरो छ प्रेम , साचै हेर नास्न गाह्रो

तिमी बिना नफुल्ने रे ,गुलाफ अनि गुरास् हरु
कोइली नि नगाउने रे , मजुरलाई नि नाच्न गाह्रो



सुमन प्रसाद अधिकारी







Suman Prasad Adhikari
Kathmandu Medical College
Sinamangal

better2heart@ - hotmail
- gmail
-yahoo.com

better heart 4 better nepal

#116 rabindra_flame

rabindra_flame

    Newbie

  • Members
  • Pip
  • 3 posts

Posted 07 April 2008 - 10:48 PM

लौन, के भो यो दिल लाई ,आशु पिएर मर्छु भन्छ ,
आफ्नो भाग को खुशी अर्कैलाई, दिएर मर्छु भन्छ ।

मत्याउँदैन प्यालाले, रमाइलो लाग्न छोड्यो साँझ,
मँखिदै गएका याद सबै, लिएर मर्छु भन्छ ।

भुल्न खोज्यौ भनेर तिमीले, हाम्रो त्यो प्रेम कहानी,
सपनामा बर्बराउने यि ओठ , सिएर मर्छु भन्छ ।

तिम्रो स्पर्स पाउने मलाई, यही अन्तिम रात भए,
अझै एक प्रहर तिम्रो काखमा, जिएर मर्छु भन्छ ।



#117 Suyash

Suyash

    Newbie

  • Members
  • Pip
  • 7 posts

Posted 07 September 2008 - 03:20 AM

QUOTE (Rainka_Shivani @ May 31 2004, 03:43 PM) <{POST_SNAPBACK}>
<span style='font-size:11pt;line-height:100%'>timi ke gayau</span>

timi ke gayau, jeevan lee gayau
meraa sapanaa kaa rangaharu, har khushee lee gayau.

dier gayau tadpaahat, jagaaun laai raatabhar
mero muskaraaunu, mero hanso lee gayau.

dude aankhaa, chhaayo andhyaaro pan
gayau ta gayau diyo baat roshanee lee gayau.

lee gayau mero rang baat suwaas timi
meraa dinaharu baat samay lee gayau.

basee rahe aaune baato herer timro
mero parkhaai baat milan lee gayau.

yasaree bitdai chhan timi binaa meraa yee dinaharu
meraa harek palaharu baat samayako dhaaraa lee gayau.

Attached Files



#118 Rainka_Shivani

Rainka_Shivani

    Advanced Honourable Member

  • Respected Member
  • PipPipPipPipPip
  • 3,531 posts

Posted 15 June 2009 - 01:24 AM


That's a nice one, keep it up.
We can no longer have everything we want, we can be more than we imagined....!!

#119 prachi

prachi

    Full Member

  • Literature Gurus
  • 307 posts

Posted 20 June 2009 - 01:03 PM


गजल


बितेका पलहरुले बेस्सरी सताइरहेछन
मुटुले कुन मोडमा ल्याइपुरयाओ मलाई !

बसन्त आको थाहै छैन हिडिसकेछ मौसम
के सुनाउ पिडा कसको यादले सतायो मलाई !

अनौठो घटना भयो तिमी संगको बिछोड
आफ्नै मुटुले आज घचघच्याइरहेछ मलाई !

मदिरा महल त उहिल्यै नै बन्द भएर गए
फेरी यो अत्तरको गन्ध कहाँ बाट आयो मलाई !

पतझड हूँ या हूँ एक विरान गल्ली
मेरै खुसीहरुले आज जलायो मलाई !

गर्छन् बन्द कसरी यहाँ आँखाहरु
एक अपरिचित छाँयाले सिकायो मलाई !

बितेका पलहरुले बेस्सरी सताइरहेछन
मुटुले कुन मोडमा ल्याइपुरयाओ मलाई !



प्रनीता शाही
अंधेरी (वेष्ट), मुम्बई
भारत.
09-11-2003

This world is so wide that even if you flitted around and around it, you would never reach the end of it.



#120 Prashad

Prashad

    Full Member

  • Literature Gurus
  • 197 posts

Posted 04 June 2010 - 04:10 PM

nice poems ,
sorry for being absent for a long time.. but i m back to WNSO again ...
Moon belongs to everyone,
the best things in life,
they are free.




1 user(s) are reading this topic

0 members, 1 guests, 0 anonymous users