Suyash 0 Report post Posted July 18, 2009 गजल सुन्नमा पाएको छु तिम्रो नाम यताउती आजभोलि यसै सहरमा छ रे भन्छन तिम्रो सवारी आजभोलि तिमीलाई सम्झंदा हरे आफैसंग पनि शरम लाग्दछ हेरन के भएको लेख्छुच्यात्छु मायाका चिठ्ठी आजभोलि शहर छ ठुलो मान्छे छन् हजारौं भेटीने त्यसै हो होइन कहीं निस्कंदा नजर जिज्ञासु इरादा जासूसी आजभोलि जो देखूं जता हेरूं तिमी लाग्छ पागल पो भएँ कि म हर कोहीसंग यत्ति मिल्छ की तिम्रो आकृति आजभोलि मिलनको कल्पनाले रंगीन भएको छ मरे तुल्य जीबन ताजै रहेछ यौबन बढेको छ फेरि ढुकढुकी आजभोलि स्पर्समा तिम्रो मात थियो चुम्मनमा मोहनी पाउथें भेटौंन कुनै साँझ मौसम पनि छ गुलाबी आजभोलि सुयश Tuesday, 16 September 2008 PS: Thanks all of u for ur kind mail. I'm really encouraged to keep on writing and will be posting my gajals, as I've a lot of. Believe me I don't write from my experience but from feeling, LOL. Hope u'll drop ur words. Suyash@y7mail.com Quote Share this post Link to post Share on other sites
Mohan Bikram Thapa 0 Report post Posted July 20, 2009 Suyash nice to know that you have more of those lovely gajals, hope that you post them soon. Quote Share this post Link to post Share on other sites