Jump to content


Photo

gajals


  • Please log in to reply
5 replies to this topic

#1 SUMAN-SAJAN

SUMAN-SAJAN

    Newbie

  • Members
  • Pip
  • 25 posts

Posted 06 February 2008 - 11:40 AM

गजल

प्रेम का मेरा बचनहरु ,किन तिम्लाई गाली लाग्छ
भरी दिएको मायाको पोल्टो ,किन तिम्लाई खाली लाग्छ

साचो माया देखाउन , छाती चिर्न सक्दिन म
साचो माया गर्दा पनि ,किन तिम्लाई जाली लाग्छ

तिम्रो यादमा मन रोइ , बर्सिदिदा आँखाबाट
आसुको सङ्लो खोला पनि, किन तिम्लाई नाली लाग्छ

दु:ख तिम्रो बाड्न खोजे, मेरो अरु चाह हैन
आसु पुछ्ने हात दिदा , किन तिम्लाई कहाली लाग्छ







गजल

तिम्रो प्रेम पाउन बरु , तपस्या नै गर्छु प्रिया
सात समुद्र तर्नु परे, त्यो पनि म तर्छु प्रिया

तिम्रो निम्ती युगौ-युग ,जन्मन म तयार छु
भन्छौ भने यो जुनि मा पटक-पटक मरछु प्रिया

माली ठान्छु आफुलाई , फूल तिमी बनीदेउ
सदा तिमी मुस्कुराउ , झर्नु परे म आँफै झर्छु प्रिया

रित्तो छैन मन मेरो , माया यस् मा पर्याप्त छ
थोरै लाग्छ भने तिम्लाई , अझ माया भर्छु प्रिया

असान्त यो संसारमा , आउन्न म भन्छौ भने
सुन्दर्-सान्त संसार निम्ती , शान्ति सन्देश छर्छु प्रिया






गजल

तुसारो नै छ हेर, बसन्त अझै आको छैन
तिम्रो नाम् मा कुनै दिन ,गजल मैले गाको छैन

राम्रो साथी ठान्छु तिमीलाई , मेरो अरु चाह छैन
भ्रम नपरोश तिमीलाई , प्रित मैले लाको छैन

गोरेटो मा भेट हुँदा , दुई-चार कुरा गरे होला
तर सगै बाच्ने सगै मर्ने कसम मैले खाको छैन

सपनहरु धेरै छन मेरा दुई आँखाभरि
तर तिम्रो चाहनका रङ्हरु कहिले पनि छाको छैन

भबिस्य को कुरा छाडौ , समयले कोल्टे फेर्ला
तर आजसम्म तिमीलाई माग्न , कुनै मन्दिर धाको छैन

better heart 4 better nepal

#2 Rajesh Kr. Pathak

Rajesh Kr. Pathak

    WNSO Nepal

  • Super Moderator
  • Pip
  • 52 posts

Posted 13 March 2008 - 09:56 AM

Oh what a nice keep it up
Ok bye suman sajan


#3 bedofthorns

bedofthorns

    Newbie

  • Members
  • Pip
  • 9 posts

Posted 17 August 2008 - 09:53 AM

Nice work sajan
we expect to see more gazals in the near future.



#4 SUMAN-SAJAN

SUMAN-SAJAN

    Newbie

  • Members
  • Pip
  • 25 posts

Posted 18 August 2008 - 02:52 PM

thanks raju"sigs" and rajesh ji



better heart 4 better nepal

#5 Prashad

Prashad

    Full Member

  • Literature Gurus
  • 197 posts

Posted 25 August 2008 - 12:02 AM

Nice ghazals SUMAN SAJAN ji, thanks for sharing.. keep it up

Moon belongs to everyone,
the best things in life,
they are free.

#6 SUMAN-SAJAN

SUMAN-SAJAN

    Newbie

  • Members
  • Pip
  • 25 posts

Posted 25 August 2008 - 02:05 PM

Thanks prashad ji
better heart 4 better nepal




1 user(s) are reading this topic

0 members, 1 guests, 0 anonymous users