Mohan Bikram Thapa 0 Report post Posted November 24, 2009 कार्तिक मासको सदावहार युगमा पुच्छर् हल्लाउँदै क्याटवल्क हाउ-भाऊमा 'हट-स्प्रे' मगमगाउदै सडक बिच र छेउ-छाऊमा डुलिरहेछन चार पाऊमा लेघ्रो तान्दै,लोक तालमा सुसेल्दै झ्याउरे चालमा हात हल्लाउदै खुट्टा उफार्दै हिप्-हप् र र्यापमा ग्रन्ज,पंक र रकसँगै झ्याउ-झ्याऊमा लखर लखर,भर्खर् मात चढेकाहरु र दाँत झरेकाहरु पनि सुँघ्दै-सुँघ्दै गन्धहरु र्याल चुहाँउदै ङ्यार-ङ्यार ङुर-ङुर गर्दै भित्ता र खम्बारुमा ठाँउ-बेठाँऊमा तिरिक्क! पार्दै, तिन पाउमा पार्क,चौतारी र चौबाटोहरुमा ठाँउ-कुठाँऊमा भव तर्दै,चड्दै नाउमा ब्यस्त छन मस्त छन डुङ्गा खिँयाऊन धुम मचाऊन यो कार्तिके युगमा एल्. सि.,बुलडग र भुस्याहरु लडिरहेछन,जुँधिरहेछन पुच्छर गसाँऊन छाउरा-छाउरामा छाउरी-छाउरीमा माउ-माऊमा टोल-बजार, गाँऊ-गाँऊमा कुँकिरहेछन,चुँकिरहेछन एक-आपसको भुकि-भुकाउमा टोकि-टोकाउमा।। लेखक - "महाकाल" नागरिताको नाम थाहा छैन मलाई Quote Share this post Link to post Share on other sites
raghu 0 Report post Posted November 27, 2009 Nice one Quote Share this post Link to post Share on other sites