prachi 0 Report post Posted June 20, 2009 ईश्वरले मृत्यु भन्दा पहिले केही दिदैनन अ रे.... किन राखु मसी अब आफ्नो कलममा जब कि मनमा कुनै उत्सुकता नै छैन, थाह छैन किन होला सबै संका गर्न थालेछन जब कि एउटा सुकेको फूल पनी मेरो पुस्तकभित्र छैन, ताकत त थियो मेरो प्रेममा पनी तर विफल रहे प्रयासहरु किनकी ढुंगासरी मुटु हुनेहरु जीउको रगत र पानी सुकी सक्ता पनी पग्लेनन, ईश्वर यदी भेटिए भने उनै सीत माग्नेछु आफ्नो अपुरो प्रेम तर सुनेकी छु - ईश्वरले मृत्यु भन्दा पहिले केही दिदैनन अ रे ।। प्रनीता शाही अंधेरी (वेष्ट), मुम्बई भारत. 20-06-2009 Quote Share this post Link to post Share on other sites
prachi 0 Report post Posted June 20, 2009 (edited) एक नजर, आँसु बगाएरै भए पनी तिमी थिएनौ तापनी भरको ढोका खुल्ला थियो, आशाहरुमा बाँची रहन केही आधार मिलेको नै थियो, अब त ढोका पनी बन्द भएछ कससंग लीउ केही इच्छा सापटी आफ्नै मुटुको डीलमा राखेर आफ्नै सीर हेर्न सकू तिमीलाई एक नजर, आँसु बगाएरै भए पनी ।। प्रनीता शाही अंधेरी (वेष्ट), मुम्बई भारत. 27-02-2005 Edited June 20, 2009 by prachi Quote Share this post Link to post Share on other sites
prachi 0 Report post Posted June 20, 2009 समय न त प्रेमी नै न त साथीको लागि समय रोकिदैन यहाँ कसैको लागि, मनलाई आफ्नो नसजाऔं सजिलै गरी सोच्न वाध्य हुनुछ दुई पलको लागि, हर कोही यहाँ आधार खोजिरहेछन अम्मली आफ्नो एक्लो जीवनको लागि, न अघी न पछी समयको रफ्तार संग ताल मिलाऔं त्यही नै उत्तम छ हर मानव का लागि ।। प्रनीता शाही अंधेरी (वेष्ट), मुम्बई भारत. 10-12-2003 Quote Share this post Link to post Share on other sites
Mohan Bikram Thapa 0 Report post Posted June 20, 2009 कबिता मन परो प्राची ! Quote Share this post Link to post Share on other sites
prachi 0 Report post Posted June 20, 2009 दिन्छ हावाले रईबार कैले कैले दिन्छ हावाले रईबार कैले कैले लिन्छौ मेरो नाम तिमी कैले कैले, उमँगलाई मेरो तिमीले खुब संगसार ग-यौ गर्छौ संझना आफ्नै सरारत साँझ बिहान कैले कैले, खेल अरुको भावनासँग जती सम्म सक्छौ तर राख ध्यानमा यती कि ल्याउनेछ नराम्रो परीणाम तिम्रो त्यसले कैले कैले, संसारको भिडमा प्राय हराइ दिने गरेकी छु अंजान लाग्न थाल्छन मुहारहरु लाखौं कैले कैले, दिन्छ हावाले रईबार कैले कैले लिन्छौ मेरो नाम तिमी कैले कैले !! प्रनीता शाही अंधेरी (वेष्ट), मुम्बई भारत. 15-10-2003 Quote Share this post Link to post Share on other sites
prachi 0 Report post Posted June 20, 2009 एक गजल बितेका पलहरुले बेस्सरी सताइरहेछन मुटुले कुन मोडमा ल्याइपुरयाओ मलाई ! बसन्त आको थाहै छैन हिडिसकेछ मौसम के सुनाउ पिडा कसको यादले सतायो मलाई ! अनौठो घटना भयो तिमी संगको बिछोड आफ्नै मुटुले आज घचघच्याइरहेछ मलाई ! मदिरा महल त उहिल्यै नै बन्द भएर गए फेरी यो अत्तरको गन्ध कहाँ बाट आयो मलाई ! पतझड हूँ या हूँ एक विरान गल्ली मेरै खुसीहरुले आज जलायो मलाई ! गर्छन् बन्द कसरी यहाँ आँखाहरु एक अपरिचित छाँयाले सिकायो मलाई ! बितेका पलहरुले बेस्सरी सताइरहेछन मुटुले कुन मोडमा ल्याइपुरयाओ मलाई ! प्रनीता शाही अंधेरी (वेष्ट), मुम्बई भारत. 09-11-2003 Quote Share this post Link to post Share on other sites
sundaraa 0 Report post Posted June 23, 2009 (edited) WOW! Kavita ra Ghazalko varshat....I like it. Edited June 23, 2009 by sundaraa Quote Share this post Link to post Share on other sites
prachi 0 Report post Posted June 23, 2009 म किन लेख्छु ? यस्तै केही दस वर्ष देखी कविता लेख्तै आईरहेछु कसैले सोधोस मलाई कि के प्राप्त हुन्छ तिमीलाई कविता लेखेर ! जसो भन्नु मेरो समय अहिले केही चंद क्षण पहिले जब केही ध्यानमा थिएन न त कविता नै ध्यानमा तब सँग एउटा कागत थियो म थिए अनी एउटा कलम थियो ! जब म लेख्न बसे म, कागत र कलम तीनै एक भई दियौ तीन सुरको मिलन एउटा कविता भई दियो मैले कहाँ लेखें र त्यो त आँफै भई दियो ।। रोहित विक्रम शाही (राम डोट्याल ) अंधेरी (वेष्ट), मुम्बई भारत. Sep.14, 2003 WOW! Kavita ra Ghazalko varshat....I like it. Thank you! ओहो! आशा नै नगरेको कुरा पो भयो त आज औसी पुर्णे को मौसम हो कि क्या हो? अनी के छ त अरु हालखबर? Quote Share this post Link to post Share on other sites
stylebhai 0 Report post Posted June 23, 2009 म किन लेख्छु ? यस्तै केही दस वर्ष देखी कविता लेख्तै आईरहेछु कसैले सोधोस मलाई कि के प्राप्त हुन्छ तिमीलाई कविता लेखेर ! जसो भन्नु मेरो समय अहिले केही चंद क्षण पहिले जब केही ध्यानमा थिएन न त कविता नै ध्यानमा तब सँग एउटा कागत थियो म थिए अनी एउटा कलम थियो ! जब म लेख्न बसे म, कागत र कलम तीनै एक भई दियौ तीन सुरको मिलन एउटा कविता भई दियो मैले कहाँ लेखें र त्यो त आँफै भई दियो ।। रोहित विक्रम शाही (राम डोट्याल ) अंधेरी (वेष्ट), मुम्बई भारत. Sep.14, 2003 ओ प्राची भाभी, कविताको त भकारी फोडेरै बगाएको जस्तो लाग्छ। हजुरको डोट्याल दाज्यु कता बेपत्ता हो? अती सुन्दर लेखन छ, keep it up. Quote Share this post Link to post Share on other sites
prachi 0 Report post Posted June 24, 2009 स्वभावले पर्ख तिमी तर बिश्राम नगर कुनै कामले, सिर्फ मनुष्य या जनावरहरु मात्रै होइनन यहाँ हरेक वस्तुहरु जिवीत छन, हेर! आफ्नै कोशीश, कर्म र प्राकृतिक स्वभावले । काँडा संग मित्रता ढुंगा सँग प्रेम, जूनुनको स्वाद मेहनत को नशा हिम्मतको गिलास र सृष्टिको उपहार अश्क मदिरा, तिमी धर्तिमा आउनुको एउटा सत्य तथ्य चाहेरै पनि नकार्न नसकिने एउटा सत्य कारण । स्वत: हरेकमा केही न केही कमी छ, मनुष्य हौ सबै सर्व सृष्टी पिता श्री परम प्रभुका साधारण जनता, र उनकै आदेश छ - तिमी मित्रता गर सजीव संग निर्जीव संग सारा ब्रम्हाण्ड का रचनाहरु संग तिमीले पाएको तिम्रो आफ्नै स्वभावले ।। प्रनीता शाही अंधेरी (वेष्ट), मुम्बई भारत. 23-06-2009 Quote Share this post Link to post Share on other sites