Mohan Bikram Thapa 0 Report post Posted November 24, 2009 खै कसरी आत्मा बेचें क्रय बिक्रयको होडबाजीहरुमा अमूल्य यो शरीर बेचें हाट बजारमा, गल्ली चोक चौताराहरुमा लीलाम बिक्रिमा आफैलाई बेचें म रित्तिसकेकी थिएं म थोत्रिसकेकी थिएं तर म मा चेतना बेचिन बांकी थियो यि अस्थिपञ्जरहरु एउटा कृतिम ह्यांगरमा झुण्ड्याइरहें आउने जानेहरुले ओल्टाए पल्टाए हेरे छामे अनि बाटो लागे कसैले यो खोक्रो शरीर सधैंको लागि किन्ने आँट गरेन हुरी बतासमाझ लट्किरहेको शरीर मक्किएको कहिल्यै याद भएन म टुक्रिएर झर्न थालें ग्रिष्म ऋतुको चर्को घामले दिनहु सड्न थालें मलाई थाहा थिएन म दुर्गन्ध फैलाइरहेकी छु टोलछिमेकमा झुण्डिनै नसक्ने गरि बाटो बस्तिहरुमा नअटाउने गरि म भित्रभित्रै कुहिसकेकी छु अर्धमुर्छनामा जब आँखा खुल्यो म दैलो दैलोहरुमा बेचिदै थिएं कोही आए गए उन्मात बैशको सदुपयोग गरे म चुपचाप उनैलाई हेरिरहेकी थिएं जीवनको अनौठो यात्रा उनी आए हात समाए धेरै माया दिए उनकै अनुरोधमा फेरि कैयौ पटक बेचिएं तर थाहै नपाई म मा कलंक लागिसकेको रहेछ कहिल्यै नमेटिने अनि भूल्न नसक्ने कलंक बेश्या! बेश्या!! बेश्या!!! हो म एक अबैध बेश्या बनिसकेकी रहेछु कसैलाई माया गर्नु मेरो पाप हो भने म त्यो पापको प्रायश्चित गर्न चाहन्छु तर बिन्ती छ ! यो मेरो निधारमा लागेको बेश्यारुपी कलंक सधैंको लागि मेटाइदेउ ।।। लेखिका - काली बहिनी Quote Share this post Link to post Share on other sites
raghu 0 Report post Posted November 27, 2009 Nice one Quote Share this post Link to post Share on other sites