rema 0 Report post Posted December 15, 2008 स्पानिस लिगमा भ्यालेन्सियालाई चार शून्यले पराजित गर्दै बार्सिलोना शिर्षस्थानमा कायमै रहँदा रियल मडि्रडले पराजय भोगेको छ । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा थिएरी हेनरीको हृयाटि्कको मद्दतले घरेलु टिमले जीत हात पारेको हो । हेनरीले खेलको बीसौं, अट्ठाइसौं र उनासीऔं मिनेटमा तीन गोल गरेको थिए । वार्साका लागि थप एक गोल एल्भेसले गरेका थिए । यो जीत पछि बार्सिलोनाको चौध खेलबाट पैतिस अंक भएको छ र वार्सा दोस्रो स्थानमा रहेका भिल्लारियलसँगको अंक दुरीलाई ६ बनाउको छ । उता उपाधिको दौडमा रहेको रियल मडि्रडले भने सेभिल्लासँग चार तीन गोल अन्तरले हार व्यहोरेको छ । सेभिल्लालाई जित दिलाउन एडि्रनो, रोमारिक, कनोउटे र रेनाटोले एक एक गोल गरेका थिए । रियालको तर्फाट राउल, गोनजालो र गोगाले एक एक गोलको योगदान गरेपनि खेल सेभिल्लाले जित्यो । हार पछि रियाल २६ अंकका साथ लिगको पाचौं स्थानमा झरेको छ ।। Cheers, Rema Quote Share this post Link to post Share on other sites